काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्ध माओवादीले अविश्वासको प्रस्ताव राखेपछि सामाजिक सञ्जालमा ओलीको समर्थनमा अभियान सुरु भएको छ ।

भारतले नाकाबन्दी गरेपछि चीनसँगको नाका पनि सञ्चालन गर्न सफल भएका ओलीको पक्षमा सामाजिक सञ्जालमा लहर सिर्जना भएको हो ।
स्वतन्त्र युवाहरुको समुह भन्दै उनीहरुले शुक्रवार दिउसो ३ बजे माइतीघर मण्डलामा जम्मा हुन आव्हान गरेका छन् । जुनसुकै दल आबद्ध रहे पनि विना झण्डा उपस्थित हुन स्वतन्त्र आव्हान गरेका छन् ।

संगठित नभइ बैयक्तिक स्वतस्फूर्त रुपमा यस्तो अभियान चलाइएको उनीहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

Please follow and like us:

Comments