काठमाडौं । नेपाल राष्ट्र बैकले बजेटले तय गरेको आर्थिक बृद्धि र मुद्रा स्फितिको लक्ष्यलाई हासिल गर्ने गरी आर्थिक बर्ष २०७३ ÷७४ को मौद्धिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा लगानी बिस्तार गर्ने नीति अघि सारेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले बजेटले अवलम्वन गरेको उद्धेश्य र प्राथमिकतालाई केन्द्रित गदै नीजि क्षेत्रमा जाने लगानी र कर्जा प्रवाहलाई केही खुकुलो नीति प्रस्तुत गरेका छन ।

मौद्रिक नीतिले घर जग्गा तथा शेयर कारोवार लगायतको क्षेत्रमा हुने कर्जाको बिस्तारको कारण बित्तीय स्थायित्वमा पर्न सक्ने सँभावित असर प्रति सजग रहदै कृषि, उर्जा, पर्यटन,घरेलु तथा साना उद्योग लगायतका उत्पादनशिल क्षेत्रमा लगानी बिस्तार गर्ने नीति लिएको छ । राष्ट्र बैकले नीजि क्षेत्र तर्फको कर्जा २० प्रतिशतले बृद्धि गर्ने नीति लिएको छ । मौद्धिक नीतिमा ब्यवसासयिक कृषि परियोजनाको धितोमा बैक तथा बित्तीय सस्थाहरुबाट प्रवाह हुने १० लाख सम्मको परियोजना कर्जालाई बिपन्न बर्ग कर्जामा गणना गर्ने ब्यवस्था मिलाइएको छ ।

गर्भनर नेपालले मौद्धिक नीतिले उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गर्ने तर्फ केन्द्रित भएकोले नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गरेको बताउनु भयो ।

मौद्रिक नीतिले ठूला उद्योगीलाई लक्षित गरेर सहवित्तीयकरणको कर्जा सीमा वृद्धि गरेको छ। यसअघि यस्तो कर्जाको सीमा ५० करोड रहेकोमा यस बर्ष देखि एक अर्व रुपैयाँसम्मको पुर्याएको छ ।

गर्भनर नेपालले लगानीको वातावरण सुधार गदै वित्तीय समावेशीकरण र जनता सम्म बैकिङ सेवा पु्ु¥याउन लक्षित गर्ने रहेको बताउनु भयो ।

यता नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष उपेन्द्र पौडेलले मौद्रिक नीतिले लगानीलाई प्रोत्साहित गरेको भएपनि कार्यान्वयनका लागि चुनौतीपूर्ण रहेको बताउनु भयो ।

मौद्धिक नीतिले सेयर धितोको प्रवाहमा हुने मार्जिन कर्जामा केन्द्रीय बैंकले केही कडाइ गरेको छ। मौद्धिक नीतिले बैकिङ क्षेत्रको सस्थागत सुशासनमा जोड दिएको छ ।

Comments