काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका बेला केपी ओली नेतृत्वको सरकारलाई साना दलले समेत धोका दिने सम्भावना बढेको छ ।

ओली सरकारका बहालवाला मन्त्रीहरु नै पुष्पमकमल दाहाल निवास लाजिम्पाटमा भेटिन थालेपछि यस्तो आंशका गरिन थालेको हो ।

प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने बताइरहेकै बेला बहालवाल मन्त्री दाहालकाने पक्षमा लाग्न थालेका हुन् ।

विहीबार दिउँसो एकजना बहालवाला मन्त्री दाहाल नेतृत्वमा बन्ने सरकारको पक्षमा रहेको प्रतिवद्धता जनाउन लाजिम्पाट पुगेको स्रोतले जनाएको छ । आफूलाई केपी ओली नेतृत्वको सरकारसँग भन्दा दाहालसँगै मिलेर काम गर्न इच्छा रहेको ती मन्त्रीले बताएका थिए ।

सरकार परिवर्तनसँगै सानो दलबाट सरकारमा पुगेका एक सीटेदेखि तीन सीटेसम्मका पार्टीका मन्त्रीहरु एकाएक कित्ता परिवर्तनतिर लागेका हुन् । दाहालको नेतृत्वमा नयाँ सरकार बन्न लागेको सुनेपछि सानो दलका मन्त्रीले अविश्वासको प्रस्तावमा भोटिङ हुँदा ओलीलाई नसघाउने संकेत दिएका छन् ।

तर, दाहालले आफूलाई मन्त्री बनाउने प्रतिवद्धता जनाउनुपर्ने उनीहरुको पूर्वशर्त छ ।

Comments

comments