मेलबर्न । नेपाली चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर अष्ट्रेलियाको सिड्नी आईपुगेकी छिन । शनिबार सिड्नीमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रममा सहभागि हुन करिश्मा सिड्नी आएकी हुन् ।

उनको साथमा युवा पुस्ताकी उदाउँदी गायिका मोलिना राई पनि सिड्नी आईपुगेकी छिन । पहिलोपटक अष्ट्रेलिया आएकी करिश्मा बिहीबार बिहान १० बजे सिड्नी एअरपोर्ट झरेकी थिईन् ।

तीजको अबसर पारेर आयोजना गरिन लागिएको कार्यक्रममा अभिनेत्री करिश्माले नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ । सोही कार्यक्रममा करिश्मालाई सम्मानित समेत गर्ने कार्यक्रम छ ।

karishma 1कार्यक्रम जुलाई १७ तारिखका दिन सिड्नीको हर्सभिलमा रहेको मराना अडिटोरियम हलमा हुने छ । यो कार्यक्रमलाई नेप्मार्ट र लक्ष्मी होमले प्रस्तुत गर्न लागेको हो ।

अष्ट्रेलियामा पहिलो पटक अभिनेत्री करिश्माको लाइभ प्रस्तुति रहने भएकोले सिड्नीबासीहरू निकै आतुर देखिएका छन् । कार्यक्रममा गायिका मेलिनाले पनि आफ्ना सांगीतिक प्रस्तुतिहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने तयारी गरेकी छिन् ।

Comments

comments