काठमाडौं । व्यवस्थापिका संसद्को बैठक बस्दै नबसी स्थगित भएको छ ।

राष्ट्र ऋण उठाउने विद्येयक २०७३ पारित गर्ने कार्यसूची रहे पनि विषयमा प्रमुख सत्तारुढ नेकपा एमाले तथा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच कुरा नमिलेपछि संसद् बैठक बस्दै नबसी स्थगित भएको हो ।

संसद् बैठक बुधवार बिहान ११ बजे बोलाइएकामा सूचना टाँस गरेर अपरान्ह तीन बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, अपरान्ह ३ बजेका लागि निर्धारित बैठक पाँच बजेसम्म पनि बस्न सकेन । संसद्को नयाँ नियमावली अनुसार तोकिएको समयको दुई घण्टासम्म सुरु हुन नसके बैठक स्वतः स्थगित हुने व्यवस्था छ । पहिले अविश्वासको प्रस्ताव माथि छलफल हुनु पर्ने काँग्रेस, माओवादीको अडान र राष्ट्र ऋण उठाउने विद्येयक २०७३ पारित गर्नुपर्ने अडानका कारण वैठक स्थगित भएको हो ।

पाँच बजेसम्म पनि सुरु नभएपछि सभामख ओनसरी घर्तीले सूचना टाँस गरेर असार ३१ गते अपरान्ह १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

Comments

comments