पहिरोका कारण सुनकोशी नदी थुनिँदा राजमार्ग अवरूद्ध भएपछि तातोपानी नाका हुँदै नेपालमा हुने आयात ठप्प भएसंगै महंगी बढ्ने भएको छ ।

चीनसँगको एकमात्र व्यापारिक नाका बन्द भएपछि नेपाल र चीनबीचको व्यापार पूर्णरुपमा बन्द भएपछि व्यापार बन्द भएकाले दशैंको मुखमा महंगी बढ्ने व्यवसायीले बताएका छन ।

तातोपानी भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीका अनुसार आयात ठप्प हुँदा नेपालले दैनिक २ करोड ५० लाख रुपैयाँ बराबरको राजस्व गुमाइरहेको छ । तातोपानी भन्सार कार्यालयले आर्थिक वर्ष ०७१÷०७२ मा ६ अर्ब रुपैयाँ राजस्व असूलीको लक्ष्य राखेकोमा यो प्रकोपले उक्त लक्ष्यमाथि धक्का लागेको अधिकारीले बताउनुभयो ।

Comments

comments