काठमाडौं । नेपालको राजनीतिमा अब के होला ? प्रधानमन्त्री शेरबहादुर देउवा होलान वा प्रचण्ड ? राजनीतिको चौतारीमा अहिले यो प्रश्न पेचिलो बन्न थालेको छ ।

सत्ता र कुर्सीको मोहकै वरपर घुमेको नेपाली राजनीति प्रति उति सन्तुष्ट छैनन नेपालको कम्युनिष्ट आन्दोलनको वियमा विद्यावरिधि गरेका प्रध्यापक डाक्टर सुरेन्द्र केसी । काग्रेस र माओवादी प्रति उहाँ वढि नै आलोचक देखिनुभएको छ । माओवदीको उँधोगतिको दिन सुरु भएको उहाँको दाबी छ । ‘काँग्रेस र माओवादीले आत्माघाती गोल गरेका छन्, यी दुबैलाई एमालेले खाईदिन्छ’, बजेट ल्याउने सरकारलाई बजेट पास गर्न समेत नदिएर काँग्रेस, माओवादीले २०५१ साल निम्त्याउन खोजेको उहाँको आरोप छ ।

उहाँले अब मुलुकमा संवैधानिक संकट निम्तिने दावी गर्नुभयो । नयाँ सरकार गठन गर्न नयाँ संबिधानले दिन्छ वा दिँदैन भन्ने बहस समेत चल्ने उहाँको कथन छ । त्यसका अतिरिक्त संसद विघठनको सम्भावनालाई नकार्न नसकिने उहाँको भनाई छ ।

सत्ताका लागि जे पनि गर्ने परिपाटी नेपाली राजनीतिको सनातन चरित्र भएको बताउँदै उहाँले भन्नुभयो–ओलीले संसद विघठन गर्ने विकल्प पनि खुल्ला छ, मध्यावधी निर्वाचन घोषणा हुन सक्छ, त्यसपछि अदालत गुहारिनेछ अनि अदालतमा रहेका आफ्ना कार्यकर्ता मार्फत आफ्नो पक्षमा निर्णय गराउन पहल हुन सक्छ ।’

Comments