काठमाडौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई बहुमत पुर्याउन ४५ सिटको आवश्यकता परेको छ ।

ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न सफल भए उनी प्रधानमन्त्री कायम रहने छन्।

संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओली ३ सय ३८ मतका साथ विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो।

यसअघि तीन सिट भएको नेकपा संयुक्तले समर्थन फिर्ता लिइसकेको जनाएको छ। अहिले सरकारका पक्षमा २ सय ५३ जनाको मात्र समर्थन रहेको छ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो शक्ति माओवादी केन्द्रले मंगलबार समर्थन फिर्ता लिएपछि अब ओली सरकारलाई टिकाउन ४५ सिटको आवश्यकता पर्ने भएको हो।

कुल ५ सय ९५ सदस्यमध्ये त्यसको बहुमत प्राप्त गर्न २ सय ९८ मतको आवश्यक पर्छ।

Comments