एजेन्सी । विश्व फुटबल महान् खेलाडी पेले तेस्रोपटक विवाह गर्दैछन् । उनले आफ्नी तेस्री पत्नीका रुपमा जापानी प्रेमिकालाई भित्र्याउँन लागेका हुन् ।

ब्राजिलियन फुटबलर पेलेले ७५ वर्षको उमेरमा विवाह गर्न लागेपछि चर्चामा छन् । अन्तर्राष्ट्रिय सञ्चारका अनुसार तेस्रो पत्नीका रूपमा पेलेले ५० वर्षीया जापानी महिला मार्सिया आओकीसँग विवाह गर्न लागेका हुन् । आओकी ब्राजिलमा मेडिकल सामग्रीको आयातनिर्यातको व्यापार गर्दै आएकी छिन् । आओकीसँग विवाह गर्ने निर्णय पेलेले दुई वर्षअघि नै गरेको बताइएको छ । तर पेलेको स्वास्थ्यमा समस्या देखिएपछि उनको यो विवाहको मिति सरेको थियो ।

समाचार एजेन्सीहरूमा जनाइएअनुसार पेले ती जापानी महिलासँग विगत ६ वर्षदेखिसँगै बस्दै आएका छन् । अघिल्ला दुई श्रीमतीबाट पेलेका पाँच सन्तान छन् । पेलेको पहिलो श्रीमती रोसमेरी चोल्बीबाट तीन र दोस्रो श्रीमती आसिरिया नासिमेन्तोबाट दुई सन्तान छन् ।

Please follow and like us:

Comments