काठमाडौं । फ्रान्सलाई स्तब्ध पार्दै पहिलोपटक पोर्चुगललाई यूरोपियन च्याम्पियनका रुपमा उदाउँन ऐतिहासिक गोल गरेको इडरको जन्म २२ डिसेम्वर सन् १९८७ मा भएको थियो ।

सन् २००८ देखि व्यवसायिक फुटबल खेल्न शुरु गरेका उनी फ्रान्सका घरेलु क्लब लिले ओएससीका लागि फरवार्डमा रहेर खेल्थे । एकेडेमिका क्लबबाट करियर शुरु गरेका उनले त्यसपछि ब्रागाका लागि चार वर्ष खेले । प्रिमियर लिगमा अहिलेसम्म १४३ खेल खेलिसकेका इडरले यसअघि कुल ३८ गोल गरिसकेका छन् । सन् २०१२ मा पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्न थालेका उनले युरोकप २०१६ भन्दा अघि सन् २०१४ मा भएको विश्वकपमा पनि पोर्चुगलबाट खेलेका थिए ।

Ederसोमवार भएको युरोकप फाइनलमा उनी अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

निर्धारित नब्बे मिनेटको खेलमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसको १०९ औं मिनेटमा इडरले सुन्दर गोल गर्दै पोर्चुगललाई युरोप महादेशको नयाँ च्याम्पियनका रुपमा उदाउन ऐतिहासिक योगदान गरे ।

Comments

comments