काठमाडौं । मेडिकल शिक्षामा सुधारको माग गर्दै आउँनुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आइतबार आठौंपटक अनशन सुरु गर्नुभएको छ । अनशनबाटै परिवर्तन संभव छ भन्ने मान्यता राख्नुभएका केसीको अनशन यसपटक भने विवादको घेरामा तानिएको छ ।

चिकित्सा शिक्षा ऐनको मस्यौदा सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएर बर्खास्त गर्नुपर्ने माग गर्दै डा. केसीले आइतावरबाट अनसन सुरु गर्नुभएको हो । अनशन बस्ने घोषणा गरेदेखि नै विवादमा फस्दै आउँनुभएका केसीको अनसन शुरु हुनु पूर्व आइतवार उहाँको पक्ष र विपक्षमा रहेकाहरुले नारावाजी गरेका थिए ।

केसीको पक्ष र विपक्षमा रहेकाहको प्रदर्शनका कारण त्रिवि शिक्षण अस्पताल परिषरमा निकै होहल्ला र तनावमय वातावरण बनेको थियो । यसले गर्दा अस्पतालमा उपचार गराइरहेका विरामी र तिनका आफन्तहरु समेत प्रभावित भएका थिए ।

केसीका विरोधीहरुले अस्पताल परिसरबाट अनसन बस्न नछाडेसम्म विरोध जारी रहने अडान राखेका थिए । तर तनावकै बीचमा डा. केसीले अनसन सुरु गर्दै यस्तो परिस्थिति आउँने आफूलाई जानकारी भएको बताए । उहाँले मत छ – माफियाहरुले व्यापारिक प्रयोजनका निम्ति अनशनको विरोध गरेका हुन् ।

डा. केसीले अनसन सुरु गर्नुअघि आफ्ना सहयोगी डा. जीबन क्षेत्रीलगायत पाँच जनाको टोलीलाई प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालयमा पठाउनु भएको थियो । प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि आफूले पहल गरिरहेको भन्दै अनसन नबस्न आग्रह गर्नुभएको थियो । तर, सरकारको आश्वासनबाट केसी पक्ष सन्तुष्ट हुन सकेन ।

Comments

comments