काठमाडौं । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल राजनीतिक दलका रुपमा औपचारिक रुपमा दर्ता हुँने भएको छ ।

नयाँ शक्तिले आइतबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको हो । काठमाडौंको आइतवार बहादुर भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेर औपचारिक रुपमा दल दर्ता गरिने संयोजक भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिनुभयो । बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर १२ बजे दल दर्ता गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

जेठ ३० गते दल घोषणा गरेको नयाँशक्तिले झण्डै एक महिनापछि मात्र दल दर्ता गर्न लागेको हो ।

Comments

comments