एजेन्सी । स्पेनमा साँढे (बुल) को आक्रमणमा परि एक जना बुल फाइटर (माटाडार–साँढेसँग लड्ने व्यक्ति) को ज्यान गएको छ ।

२१ औं शताब्दीमा बुल फाइटको क्रममा रिङ (मैदान)मै बुल फाइटर मारिएको यो पहिलो घटना हो । २९ वर्षका बुल फाइटर भिक्टोर बार्रिओलाई साँढेले मैदान भित्रै सिङले छातिमा हानेको थियो । साँढेले बार्रिओको दायाँ छातिमा सिङले हानेको हो । स्पेनको टेरुएलमा भएको बुल फाइटको क्रममा यो घटना भएको हो ।

यो बुल फाइट स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । यसअघि सन् १९८५ मा जोसे कुबेरो नाम गरेका बुल फाइटरको मैदानमै साँढेको आक्रमणमा परि ज्यान गएको थियो । स्पेनका प्रधानमन्त्री कारिएनो राजोयले बार्रिओप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । बुल फाइटको क्रममा २० औं शताब्दीमा ३३ जना बुल फाइटरसहित एक सय ३४ जनाको साँढेको आक्रमणमा ज्यान गएको थियो ।

स्पेनमा बुल फाइट निकै लोकप्रिय छ । तर पछिल्लो समय बुल फाइटर भने घट्दै गएका छन् । अहिले पनि दुई हजारको हाराहारीमा बुल फाइटर छन् । विपक्षीले यो खतरनाक भएको भन्दै प्रतिबन्ध लगाउन माग गरेका छन् भने प्रधानमन्त्री राजोयले बुल फाइट स्पेनको प्राचिन सँस्कृतिसँग जोडिएको भन्दै प्रतिबन्ध लगाउन नमिल्ने बताउनुभएको छ ।

स्पेनका दुई क्षेत्रमा भने बुल फाइटमा प्रतिबन्ध लागेको छ ।

Comments

comments