काठमाडौं । सन् २००६ मा भएको विश्वकप फुटबलको फाइनल खेलको दौरान फ्रान्सका स्टाइकर जिनेदान जिदानले इटालीका मार्को माटेराजीलाई छातिमा टाउकोले किन हाने ? भन्ने अझै रहस्यमै रहेको छ । धेरैले माटेराजीले जिदानलाई कुनै नराम्रो शब्द प्रयोग गरेर उत्तेजित बनाएको हुनसक्ने अड्कलबाजी गरिए पनि यथार्थ कुरो भने अझै आएको थिएन । यसबारेमा जिदान र माटेराजी पनि अहिलेसम्म चुपचाप नै थिए ।

तर मार्को माटेराजीले सन् २००६ मा भएको त्यो विश्वकप फाइनलको घटनाबारे बल्ल मुख खोलेका छन् ।

इटालीले फाइनल खेल ५–३ गोलले जितेको थियो भने जिदान टाउकोले हानेपछि रातो कार्ड खाँदै बाहिरिएका थिए ।

रियल मड्रिडको प्रशिक्षक रहेका जिदानले किन टाउकोले छातीमा हाने विषय अझै पनि उत्तिकै चर्चामा रहेको छ ।
माटेराजीले भने यसबारे बल्ल बोलेका छन् । माटेराजीले भनेका छन्,‘ मैले गल्ती गरेको स्वीकार गर्छु । मैले जिदानलाई अश्लिल शब्द प्रयोग गरेर गाली गरेको थिए ।’

उनले भनेका छन्,‘मैले जे भने त्यो बेबकुफी थियो । तर मलाई छातीमै हान्न भने हुन्थेन । इटालीका सडकमा प्रयोग हुने अश्लिल शब्द प्रयोग गरेको थियो । हो मैले उसको बहिनीलाई समेत गाली गरेको थिए ।’

Comments