काठमाडौं । पछिल्लो दश वर्षमा अष्ट्रेलियाका जनताको सम्पत्ति शत प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।

पछिल्लो दश वर्षमा गरिएको अध्ययनका आधारमा उक्त तथ्य प्रस्तुत गरिएको हो । सन् २००५ देखी १५ सम्म गरिएको अध्ययनका अनुसार अन्य देशको तुलनामा सम्पत्ति बढ्नेमा अष्ट्रेलियाका जनता अग्र स्थानमा छन् ।

अष्ट्रेलियापछि क्यानडाका जनताको ५० प्रतिशत सम्पति वृद्धि भएको छ । यो पनि पछिल्लो दश वर्षकै तथ्यांक हो ।
न्यु वल्र्ड वेल्थले सार्वजनिक गरेको विवरण अनुसार अष्ट्रेलिया, क्यानडा जस्ता देशहरुमा औषत सम्पति बढेको देखिएको छ भने युरोपमा भने घटेको पाइएको छ ।

युरोपमा प्रति ब्यक्ति सम्पति पछिल्लो १० बर्षमा पाँच प्रतिशतले घटेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

जर्मनी, फ्रान्स, इटली र स्पेनको खराव प्रदर्शनले समग्र युरोपेली सम्पतिको भाउ घटेको देखिएको हो । युरोपेली देशका धनाढ्यहरुले देश छाडेर हिंड्न थालेपछि युरोपेली जनताको सम्पत्ति घटेको हो ।

Comments

comments