मेलबर्न । अष्ट्रेलिया अहिले अन्तराष्ट्रिय विद्यार्थीहरु मात्र होइन रोजगारीका लागि आउँनेहरुको समेत प्रमुख गन्तव्य बनेको छ । आर्थिक क्षेत्रमा हरेक वर्ष फड्को मार्दै आएको अष्ट्रेलियामा वर्षेनी कम्पनीहरुको संख्या बढेसँगै रोजगारीका अवसरहरु पनि थपिदै गएको छ ।

अष्ट्रेलियाको सरकारको श्रम विभागले गरेको प्रक्षेपण अनुसार सन् २०१८ को नोभेम्वरसम्ममा विशेष गरि यी कामहरुमा बढी रोजगारीको अवसरहरु सिर्जना हुनेछन् । ती काम र क्षेत्रहरु यस प्रकार छन् :

१ जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको लागि स्वास्थ्य स्याहार

२.सेल्स असिष्टेन्ट

३.रजिष्टर्ड नर्स

४ जनलर क्लर्क

५ चाइल्ड केयर

६ रेटेल स्टोर म्यानेजर

७ एकाउन्टेन्ट

८ एडभार्टाइजिङ म्यानेजर्स

९ इलेक्ट्रीसीयनस्

१० एजुकेशन एइडस् ।

उक्त प्रक्षेपण अनुसार साउथ वेल्समा सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना भएसँगै कामदारको डिमाण्ड रहेको छ । त्यसपछि क्वीन्सल्याण्ड र भिक्टोरियामा बढी रोजगारीको अवसर र डिमाण्ड बढेको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष सबैभन्दा बढी सिड्नीमा रोजगारीको डिमाण्ड रह्यो । अर्थात गत वर्ष रोजागरीका लागि सबैभन्दा भ्याकेन्सी खुलेको शहरमा सिड्नी अग्रस्थानमा रहेको थियो । मेलबर्न दोस्रो जब भ्याकेन्सी बढी उपलब्ध भएको शहरमा पर्न सफल भयो । त्यसपछि क्रमशः ब्रिसबेन,पर्थ,न्यू साउथ वेल्स,एडिलाइड,क्वीन्सल्याण्ड लगायतका शहरहरु परेका थिए ।

गत वर्ष सबैभन्दा बढी विजनेश एनालाइसिष्टको माग रह्यो भने हड्सन सबैभन्दा बढी रोजगारी दिने कम्पनीको रुपमा रह्यो ।
विदेशी कामदारको माग बढ्दै :

यसैबीच अष्ट्रेलियामा आइटीको क्षेत्रमा सबैभन्दा बढी विदेशी कामदारको माग हुने गरेको छ । त्यसमा पनि डेप्लोभर प्रोग्रामरको माग अझ बढी उच्च छ ।

यस्तै एसियन कुक र क्याफे रेष्टुराँहरुको म्यानेजरका लागि पनि अष्ट्रेलियामा विदेशीहरुकै बढी माग हुँदै आएको छ । विदेशी मार्केटिङ स्पेशलिष्ट र आइसिटी विजनेश एनाइटिकको माग पनि अष्ट्रेलियामा सबै भन्दा बढी रहेको छ ।

–एजेन्सीहरुको स्रोतमा हिमालयन कङ्गारु डेस्क

Comments

comments