सिड्नी ।  यतिखेरको सबैभन्दा लोकप्रिय नेपाली टेलिश्रृंखला हो भद्रगोल । विशुद्ध नेपाली गाउँले परिवेशमा विभिन्न सामायिक विषयवस्तुमाथिको स्वभाविक घोचपेचका कारण यो हाँस्य श्रृंखला नेपालभित्र मात्र होइन,डायस्पोराका नेपाली दर्शक माझ पनि लोकप्रिय छ । त्यसैले भद्रगोलका कलाकारहरुको अहिले विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा माग बढ्दैछ ।

यहीक्रममा भद्रगोलका कलाकारहरु यतिखेर अष्ट्रेलियामा छन् । भोलि शनिवार सिड्नीमा भद्रगोल मच्चाउँने योजनाका साथ जिक्री,बले,कक्रोज,पाँडे लगायतका भद्रगोलका हिरोहरु अष्ट्रेलिया आएका हुन् । उनीहरुलाई रुन्चे गायक भनेर चिनिने प्रकाश पौडेलले पनि साथ दिनेछन् ।

यति ट्राभल्सको प्रायोजनमा हुने सिड्नी भद्रगोल भोलि शनिवार जुलाइ ९ मा सिड्नीस्थित मराना अडिटोरियम हलमा हुँदैछ ।
हाँस्यव्यंग्य र गीत संगीतको बेजोड प्रस्तुतिका रुपमा रहने अष्ट्रेलियामा भद्रगोलको प्रवेश शुल्क ३० डलर छ । कार्यक्रमबाट संकलित नाफा रकम शक्ति उपसना पीठको निर्माणका लागि प्रदान गरिने आयोजकले जनएको छ ।

अष्ट्रेलियामा भद्रगोल हो र होइन होला इभेन्टस्ले आयोजना गर्न लागेको हो ।

Please follow and like us:

Comments