काठमाडौं । हिमालय एयरलाइन्सले आउँदो सोमबारदेखि काठमाडौं–दोहा दैनिक उडान सञ्चाल गर्ने भएको छ ।

उक्त गन्तव्यमा जाने यात्रुहरुको मागलाई सम्बोधन गर्न एयअरलाइन्सले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको हो ।
एअरलाइन्सले आफनो तोकिएको समयतालिकाअनुसार उडान गर्ने प्रयत्न गरिरहेको जनाएको छ । अहिले एयरलाइन्सले हप्ताको ३ दिन मंगलबार, बिहीबार र शनिबार उडान सञ्चालन गरिरहेको छ ।

हिमालय यएरलाइन्स्ले जेठ १८ गतेबाट दोहा कतारलाई आाफ्नो पहिलो गन्तव्यबनाउँदै पहिलो नियमित उडान शुरु गरेको थियो ।

Comments

comments