अन्तर्राष्ट्रिय च्याम्पियन्स कप क्लव फुटबल प्रतियोगिताको उपाधि इग्लिश प्रिमियर क्लव म्यानचेष्टर युनाइटेडले जितेको छ । अमेरिकाको मायामीस्थित सन लाइफ रंगशालामा सम्पन्न फाइनल खेलमा अर्काे प्रिमियर क्लव लिभरपुललाई ३ १ ले पराजित गर्दै म्यानयुले उपाधि जितेको हो ।

खेलको १४ मिनेटमै पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्टेभेन जेरार्डले लिभरपूललाई मध्यान्तरसम्म अग्रता दिलाए । तर मध्यान्तरपछि एकाएक आक्रामक देखिएको म्यानयुले लगातार तीन गोल गरेको हो । ५५ औं मिनेटमा कप्तान वाइन रुनीको गोलबाट बराबरी गरेको म्यानयुले त्यसको दुई मिनेटमै हुँवा माटाको गोलबाट अग्रता लियो ।

८८ औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै म्यानयुलाई ३ १ ले जिताए । यसअघि आफ्नो समूहमा शीर्ष स्थानमा रहँदै म्यानयु र लिभरपुल फाइनलमा पुगेका थिए । यो जितसंगै म्यानयुका नयाँ प्रशिक्षक लुइस भान गालको शान पनि बढ्दै गएको छ । यो सिजनमा शानदार सुरुवात गरेको म्यानयुले अब इङ्गलिश प्रिमियर लिगको उद्घाटन खेलमै खेल्नुपर्नेछ । प्रिमियर लिग यही साउन ३१ गतेदेखि सुरु हुँदैछ ।

Comments

comments