मेलबर्न । आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसरमा अष्ट्रेलियाका विभिन्न राज्यहरुमा विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना हुँदैछन् ।

त्यसक्रममा मेलबर्नमा पनि विशेष साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ । भानुजयन्तीको अवसर पारेर आगामी जुलाई १७ तारिख आईतबार मेलबर्नमा साहित्यिक जमघटको आयोजना गर्न लागिएको हो । उक्त साहित्यिक कार्यक्रममा आदिकविका कविताहरु वाचन गर्नुका साथै सहभागी साहित्यकारहरुले आफ्नो मौलिक रचना पनि प्रस्तुत गर्नेछन् । मध्यान्ह १२ बजेबाट ४ बजेसम्म कोबर्गस्थित बिगबेली रेष्टुरेन्टको हलमा हुने साहित्यिक जमघटमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

नेपाली भाषाका एकीकरणकर्ताका रुपमा परिचित आदिकविको जन्मोत्सवलाई भव्यतापुर्वक सम्पन्न गर्न कार्यक्रममा सहभागी हुन भिक्टोरियावासी नेपालीलाई आयोजकले आग्रह गरेको छ ।

Comments

comments