काठमाडौं । सलमान खानद्वारा अभिनित बहुप्रतिक्षित सुल्तान फिल्म रिलिज अगावै अनलाईनमा लिक भएको छ ।

रिलिज भन्दा १८ घण्टा पहिलेनै पूरै फिल्म अनलाईनमा लिक भएपछि निर्माण कम्पनी यसराज फिल्मस् तनावग्रस्त भएको भारतीय मिडियाले जनाएका छन्।

२ घन्टा ३६ मिनेटको उक्त फिल्म अनलाईनमा लिक भए बताईएको छ ।

सलमान र अनुष्का शर्माद्वारा अभिनित सुल्तान इदको अवसर पारेर संसारभर ५५ हजार स्क्रिनमा बुधवारदेखि रिलिज भएको छ ।

केहि दिन पहिले शाहिद कपूरको फिल्म ‘उडता पंजाब’ पनि रिलीज अगावै अनलाईनमा लिक भएको थियो ।

Please follow and like us:

Comments