काठमाडौं । निमोनियाबाट सिकिस्त भएर ओम अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य स्थिति गम्भीर भए पनि सुधारोन्मुख रहेको उनको उपचारमा संलग्न चिकित्कले जनाएका छन् ।

शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर भए पनि सुधारोन्मुख देखिएको बताउँदै अस्पतालका डाक्टर हरिकिशोर श्रेष्ठले कोइरालाको इसिजी, पिसाब र बिपी अहिले नर्मल रहेको बताए ।

निरन्तर खोकी लागेर स्वास फेर्न गारो भएकाले गएराति उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यतिखेर उनको बिपी ११० र ७० थियो । त्यसपछि घटेर ६०र४० आइपुगेको उनको ब्लडप्रेसर अहिले ९०र ६० को स्थितिमा रहेको डा श्रेष्ठले बताए ।

कोइरालाको पिसाब पनि नर्मल रहेको उनले बताए । घन्टाको ५० मिलिमिटर पिसाइ भइरहेको श्रेष्ठले बताए ।उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छ । भेन्टिलेटनरको तापक्रम अहिले ९६ छ ।

भगवान कोइलाला, अर्जुन कार्कीसहितको चिकित्कको प्रत्यक्ष निगरानीमा रहेका कोइरालालाई तत्काल बाहिर लैजाने कुनै कार्यक्रम नरहेको श्रेष्ठले बताए ।

स्वास्थ्य गम्भीर रहेकाले विदेश लैजाने तयारी गरिएपनि चिकित्सकहरुले भने तत्काल बाहिर लैजाँदा खतरा हुने भन्दै थप उपचारका लागि विदेश लैजान स्वास्थ्यमा केही सुधार आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ ।

एक्कासी वान्ता भएपछि मंगलबार साँझनै कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।

Comments

comments