काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा मंगलबार राति एक्कासी बाढी आएको छ । बाढीले मानवीय क्षति नभए पनि भोटेकोशी हाइड्रो पावर र नदी किनारामा रहेको वस्ती डुवानमा परेको छ ।

भोटेकोशीको मंगलवारको बाढी विगत ११ वर्षमा आएको ठूलो बाढी रहेको स्थानीयले बताएका छन् । चीनको तिव्वतमा भीषण वर्षा हदाँ बाढी आएको जनाइएको छ ।

नदिमा बाढी आएसँगै स्थानियबासीन्दालाई राति नै सुरक्षित स्थानमा सारिएको थियो । बाढी आएसँगै नदी किनारामा रहेका स्थानीयबासी रातिनै लत्ताकपडा लिएर सुरक्षित स्थान तर्फ लागेका थिए ।

अहिलो भने वाढीको सतह घट्दै गएको सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए । उनले बाढीले मानवीय क्षति नभएको जनाउँदै नदी किनारको सडकमा भने क्षति पुगेको जनाए ।

Comments

comments