काठमाडौं । खुट्टाको सहाराले लेख्ने साहित्यकार झमक घिमिरे ३५ वर्षकी हुनुभएको छ ।

३५ औं शुभजन्मदिनको अबसर पारेर मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले घिमिरेको मदन पुरस्कार प्राप्त आत्मकथा ‘जीवन काँडा कि फूल‘ को हिन्दी संस्करण सार्वजनिक गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले झमक घिमिरे नेपाली साहित्य आकाशकै विशिष्ट नक्षत्र भएको बताउनुभयो । घिमिरेको जीवनबाट थुप्रै प्रेरणा लिन सकिने उल्लेख गर्दै उहाँले झमकको उपचारमा सरकारको तर्फबाट सहयोग रहिरहने बताउँनुभयो ।

प्रधानमन्त्री ओलीले घिमिरेलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित गरिएको पनि जानकारी दिनुभयो । समारोहमा प्रधानमन्त्री ओलीले झमककै कवितासंग्रह प्रेमिल आकाश र आत्मकथा जीवन काँडा कि फूलमा आधारित फिल्मको गीति क्यासेट समेत सार्वजनिक गर्नुभएको थियो ।

धनकुटामा जन्मिएकी घिमिरेले जीवन काँडा कि फूल कृतिबाट ०६८ सालको मदन पुरस्कार पाउनु भएको छ । मष्तिस्क रोगबाट पीडित घिमिरे जन्मदेखि नै हिँडडुल गर्न र बोल्न समेत सक्नुहुन्न । खुट्टाको तीन औंला मात्र चल्ने उहाँले तीनै औलाको सहाराले लेखेको जीवन काँडा की फूलमा आफ्नो जीवनका पीडा र संघर्ष पोखेकी पोख्नु भएको छ ।

Comments

comments