काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कोच पुबुदु दशानयके फेरि नेपाली क्रिकेट टोलीलाई सहयोग गर्न आउने भएका छन् ।

पुबुदूलाई फेरि एक पटक कन्सल्ट्यान्ट कोचको रूपमा आईसीसीले नियुक्त गरेको हो । पुबुदुले इङ्ग्ल्याण्डमा एमसीसीसँगको खेलका क्रममा नेपाली टोलीलाई कन्सल्ट्यान्ट कोचको रूपमा सम्हाल्ने छन् । पुबुदु अगामी जुलाई १५ तारिख लण्डनमा नेपाली टोलीसँग आबद्ध हुनेछन् ।

यस अघि पनि नेपाल र नामिबियाबीचको खेलका क्रममा पुबुदू कन्सल्ट्यान्ट कोचका रूपमा सहभागी भएका थिए ।

नेपाली टोली असार २७ गते (जुलाई ११ मा) इङ्ग्ल्याण्ड जाँदै छ । त्यहाँ जुलाई १९ तारिखमा मेरिलोबोन क्रिकेट क्लब (एमसीसी)सँग लर्डस् क्रिकेट ग्राउण्डमा नेपाले प्रतिस्पर्धा गर्ने छ । त्यस अतिरिक्त त्यहाँका अन्य स्थानीय टोलीसँग खेल्ने कार्यत्रकम पनि तय भएको छ ।
नेपाली टोलीको इङ्ग्ल्याण्ड भ्रमण विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा हुन लागेको हो । नेपालले आगमी अगस्त १३ र १५ गते नेदरल्याण्ड सित एम्सटरडममा खेल्ने छ ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम हेरिरहेको छ । इङ्ग्ल्याण्ड भ्रमणकालागि भर्खरै भएको नेपाली टोली टिम छनौट लागि प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आईसीसी प्रतिनिधि राजु बैंकटपति रहेको टिमले गरेको थियो ।

Comments

comments