साउदीअरब स्थित घरेलु कामदारको रुपमा कार्यरत शोभा परियारलाई  एक २ वर्षे शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा दोषी प्रमाणित भएपछि सोमबार मृत्युदण्ड दिइएको समाचार छ |

राजधानी दैनिकले प्रकशित गरेको उक्त समाचारमा उल्लेख भए अनुसार परियारलाई सरकारी अधिकारीहरुले टाउको काटेर मृत्युदण्ड दिइएको जनाइएको छ ।उनलाई  अरार नगरमा मृत्युदण्ड दिइएको हो । साउदीमा इस्लामी सरिया कानुन लागू हुन्छ । यहाँ बलात्कार, हत्या, स्वधर्म त्याग, सशस्त्र डैती तथा लागूपदार्थको गैरकानुनी बेचविखनमा दोषी प्रमाणित भएमा मृत्युदण्ड हुन्छ ।

Please follow and like us:

Comments