नृत्यमा असाध्यै मेहेनती सुशान्त योन्जन  आफै पनि युवा जोश र जाँगरले भरिएका  कुशल नृत्य प्रशिक्षक हुन् | अष्ट्रेलियामा रहेका थुप्रै नेपाली नव किशोरकिशोरीहरु उनका शिष्य भैसकेका छन् | नृत्य प्रशिक्षणमा पोख्त सुशान्तले आफुलाई अष्ट्रेलियामा  नै रहेर नेपाली कला क्षेत्रलाई निकै माया दिईरहेका छन् | उनको मेहेनत अष्ट्रेलियाका सार्वजनिक रुपमा अष्ट्रेलियाका मन्चहरुमा देख्न पाइन्छ | आज हामीले सुशान्त सँग कला क्षेत्र भन्दा अलि फरक प्रसंगमा छोटो मिठो कुराकानी गरेका छौं | इस्टोनिया हाउसमा हुने एक कार्यक्रमका लागि आफ्ना सहकर्मी संगै सामुहिक तयारीमा रहेका योन्जन सँग हाम्रो प्रश्न यस्तो थियो :-

तपाइंको महत्वपूर्ण समय कुन हो ?

मलाई हरेक सबेर बिहानी महत्वपूर्ण लाग्छ जो दिनको सुरुवात हो |

फुर्सदको समय ?

यहाँ त प्राय: म फुर्सद नै पाउँदिन | फुर्सद पाएको समय पनि यु ट्युब ब्राउज गर्नमा बित्छ | अलि धेरै फुर्सद भैहाल्यो भने सुत्ने आराम गर्ने हो |

सामाजिक सन्जालमा कति को भुल्नु हुन्छ त ?

सधै अपडेटड हुन्छु |

खानामा विशेष रोजाई छ ?

दाल भात मासु पहिलो रोजाई हो |

पढेर असाध्यै मन परेको पुस्तक ?

चेतन भगतको ” रिभोलुसन २०२०” |

मन परेको ठाउँ ?

एनएचडी हेडक्वार्टर अनि नेपालको काठमाडौँ |

तपाइँलाई खास  मनोरञ्जन के मा मिल्छ ?

म नृत्यमा रमाउने मान्छे  संगीतमा भुल्छु |

एकदिनका लागि तपाई कुनै विशिष्ट व्यक्तित्वको ठाउमा बसेर जिम्मेवारी बहन गर्ने अवसर पाउनु भयो भने कसलाई सम्झिनु हुन्छ ?

म मेरो बुवालाई नै सम्झिन्छु |

अन्त्यमा पाठकहरुलाई एउटा सुझाब ?

सबैले आफ्नो दैनिकी उत्पादन मुलक बनाउनुहोस् |

Comments

comments