प्युठान । मध्यरातमा गएको पहिरोले प्यूठानमा ८ जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा प्यूठानको रजवारा गाविस वडा नं. ३ मा दुई परिवारका ८ जनाको जनाको मृत्यु भएको हो । नेटाका दुर्गबहादुर मल्ल, उनको श्रीमति सिता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको हो ।

छिमेकीको बस्न गएका छोरा बसन्त र अर्का एक छोरी भने सकुसल रहेको रजवाराका स्थानीय महावीर रानाले जानकारी दिए ।

त्यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उनको श्रीमती र ७ वर्षिय छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली अहिले विहानै रजवारा घटना स्थल पुगेको छ ।

Comments

comments