नदी उतै बग्छ , न सीमानामा पर्खाल ठडिएको छ । तीर्थ ब्रतको सन्दर्भमा पनि उत्तिकै जोडिन्छन यी दुई मुलुक । भाषा र भान्साका धेरै परिकारहरु मिल्छन् तर अहिले मन कुँडिएको छ ,सम्बन्धमा दरार देखिएको छ । संस्कृति र संस्कारमा समानता भएका नेपाल र भारतबीच विग्रिएको भनिएको सम्बन्धमा सुधार खोज्न दुवै देशका अगुवाहरु अहिले जुटेका छन् । दिल्ली र काठमाडौंको कुरा मिलाउन कसिएका छन्

नेपाल–भारत कुटनीतिक सम्बन्धको इतिहासमा उत्तारचढावको श्रृङ्खला स्वभाविक प्रकृयाजस्तै भएको छ । अप्रत्क्ष रुपमा नेपालमा सुक्ष्म व्यवस्थापन गर्न तम्सने भारतले जब नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी भयो, तब संविधानप्रति असन्तुष्टि राख्दै अघोषित रुपमा नाकाबन्दी गरिदियो । नाकाबन्दीसँगै चिसिएको द्विदेशीय सम्बन्ध क्रमशः सुध्रँदो छ । फलस्वरुपः पछिल्ला दिनहरुमा दुइ देशबीच विभिन्न विषय छलफल, बहश र वैठकहरु भइरहेको छ । नाकाबन्दीसँगै जाममा परेका विभिन्न द्विदेशीय समूहको वैठक वस्ने क्रममा सोमबारदेखि नेपाल–भारत प्रवुद्ध समूहको वैठक काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणसँगै गठन भएको प्रवुद्ध समूहको वैठकलाई निकै चासो पूर्वक हेरिएको छ । खासगरी नेपालभारत सीमालगायत अरु थुप्रै कुटनीतिक समस्या समाधानका लागि गठन गरिएको प्रवुद्ध समूहको वैठकमा सन् १९५० मा दुई देशबीच भएको असमान सन्धीउपर छलफल हुने वताइएको छ । प्रवद्ध समूहको भारतीय पक्षले सन् १९५०को सुगौली सन्धीलगायत अरु असमान सन्धीहरुको पुनरावलोक तथा संशोधनका लागि नेपाललाई प्रस्तव ल्याउन गरेको आग्रहले पनि वैठकप्रति धेरैको चासो बढेको हो ।

वर्षोदेखि उठ्दै आएको नेपालभारतबीच असमान सन्धी पुनरावलोकन तथा संशोधन गर्न नेपालका लागि यो सुन्दर अवसर हो । हुनतः सन् १९९३ मा मनमोहन अधिकारीले भारत भ्रमणको समयमा सन् १९५० को सन्धी संशोधनकोबारेमा कुरा उठाएदेखि नै यो विषय चर्चामा छ । प्रत्येक पटक हुने दुईपक्षीय भ्रमणपछि जारी हुने प्रेस विज्ञप्तिमा यसलाई समावेश गर्ने गरिन्छ । उक्त सन्धी संशोधनका सम्बन्धमा सन् १९९८ मा परराष्ट्रमन्त्रीको रुपमा भारत भ्रमण जाँदा कमल थापाले भारतीय पक्षलाई सन् १९५० को सन्धी संशोधनका सम्बन्धमा एक ननपेपर दिएका थिए । सो ननपेपरलाई अहिलेसम्म सार्वजनिक नगरिए पनि थापाले नेपालले भारतसँग सुरक्षा र आर्थिक सम्बन्धबारे फरक फरक सन्धी गर्न चाहेको भारतीय पक्षलाई बताएका थिए ।

संयोगले कमल थापा नै परराष्ट्रमन्त्री भएका बेला दुईपक्षीय सम्बन्ध पुनरावलोकनको लागि समितिहरु बनेका छन् । र वैठकहरु भइरहेको छ । प्रवुद्ध समूहको वैठक मात्रै होइन, नेपाल र भारतका द्धिपक्षिय संयन्त्रका अरु थुप्रै बैठकहरु सुचारु भएको छ ।

यसअघि सिंचाई तथा पानीसम्बन्धी सहसचिवस्तरीय बैठक, सुरक्षा सम्बन्धी नेपाल–भारत दुईपक्षीय परामर्श समितिको बैठक, ऊर्जा सम्बन्धी बैठक, सीमा विबाद सम्वन्धी द्विपक्षीय बैठक र दुईपक्षीय अन्तरसरकारी समितिको बैठक वसिसकेको छ । नाकाबन्दीपछि नेपालको सम्बन्ध चीन बढिरहेका कारण पनि भारत नेपालसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन चाहन्छ । तर नेपालले परिस्थितिको ठोस विश्लेषण गरेर दुवै देशसँग गुणस्तरीय कुटनीतिक सम्बन्ध स्थापित गर्नु जरुरी छ ।

Comments