मेलबर्न । यस पटक अष्ट्रेलियाको सिड्नीमा तीज धमाका हुने भएको छ ।

बीएमएस फिल्म्सको ब्यबस्थापन र मोर्टगेट अम्पायरको सहकार्यमा आगामी जुलाई ३० तारिखका दिन तीज धमाका हुने भएको हो । सिड्नीको हर्षभिलस्थित मराना अडोटोरियममा संन्चालन हुने तीज धमाकाका लागि नेपालवाट चर्चित लोकगायक पशुपति शर्मा र मन्जु पौडेल सिड्नी आउने भएका छन । साथै नेपाली लोकलयमा स्थापित गायक नरेश रेग्मीको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रम सिड्नी लगायत क्यानबेरा र मेलवर्नमा समेत आयोजना हुने आयोजकले बताएको छ ।

Comments

comments