काठमाडौं । विनाशकारी भूकम्पले भु धरातलको संरचनामा त गडबड ग¥यो नै, मुलुकका अग्ला पहाड र डाडाँहरुमा समेत दरार पैदा ग¥यो । अर्थात पृथ्वीको माथिल्लो सतहमा समेत भासिने, फाँटिने र पहाड नै च्यातिनेजस्ता प्रभाव देखा प¥यो । मनसुन शुरु भएसँगै सक्रिय वर्षा ती दरारमा घुस्दा मुलुकभर भीमकाय पहिरो र वाढीको जोखिम बढाएको छ । तर वैज्ञानिकहरु जोखिम क्षेत्रको नक्सांकन गरी दीर्घकालीन रणनीतिअनुरुप समस्याको समाधानमा लाग्नु पर्ने बताउँछन् । सरकारले चाहे समस्याको निराकरण हुने विश्वास उनीहरुको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको समन्वयमा यि प्राविधिकले दोलखाको ८ वटा गाविसहरुको अध्ययन गरेका थिए । उपल्लो गाविस ओसिम्पा पहिरोको उच्च जोखिममा रहेको देखियो । जहाँवाट ८४ घर स्थानान्तरण गरेको भु विज्ञान महाशाखाका वरिष्ठ प्राविधिक मोहना झा बताउँछन् । त्यस्तै भिमेश्वर गाविसको मोक्सिला गाउँ पहिरोको जोखिममा रहेको भन्दै प्राधिकरणलाई सिफारिस गरेको छ । महाशाखाले १४ मध्ये अधिकांश जिल्लाहरुको स्थलगत अध्ययन अनुसन्धान गरी रिपोर्ट पेश गरेको छ, जहाँ केही डाँडा पाखाहरु पूरै खस्लान् झै देखिएको उनी बताउँछन् ।

भुकम्प र त्यसपछिका निरन्तर गैरहेको परकम्पनका कारण जमिनमा धाँजाहरु फाट्नु स्वभाविक रहेको भुगर्वविद लोकविजय अधिकारीको भनाई छ । त्यससँगै सक्रिय मनसुनको कारण पहिरोको उच्च जोखिम बढेको उहाँ वताउनुहुन्छ ।

रिपोर्ट वुझाउन कै लागि वनाइने भौतिक पूर्वाधारहरुको कारण पनि प्राकृतिक प्रकोपहरुले जोखिम निम्त्याएको प्रकोप विदहरुको भनाई छ । परम्परागत प्रविधि र सोचँभन्दा पनि दीर्घकालीन रणनीतिअनुरुप विकास निर्माणका कामहरु हुनु पर्ने तर्क छ उनीहरुको । सुख्खा मौसममा गएको भुकम्पले फटाएको भु सतहमा पानी पर्दा जुरे पहिरोजस्तै भिमकाय पहिरोको जोखिम रहेको पहिरो विद डाक्टर रञ्जनकुमार दाहाल बताउँछन् ।

हुने हार दैव नटार भनेजस्तै प्राकृतिक प्रकोपहरुलाई नियन्त्रण गर्न सकिन्न । तर वाढी पहिरोजस्ता प्रकोपहरुवाट हुने संभावित जोखिम क्षेत्रको नक्सांकन गरी न्युनीकरणमा लाग्नु नै उपयुक्त रहने प्रकोप विदहरुको भनाई छ । मुलुकको हरेक गाविसमा म्यापिङ गर्न सक्ने क्षमता भए पनि सरकारले वेवास्ता गरेको उनीहरुको गुनासो छ । त्यसका लागि नेपाली वैज्ञानिकहरु नै सक्षम रहेको उनीहरु वताउँछन् ।

मुग्लिन सडक खण्ड लगायत देशैभरीका पहाडहरुमा पहिरो जानुसँग विनाशकारी भुकम्प पनि अन्तरसम्वन्धित रहेको विज्ञहरु बताउँछन् । जोखिम न्युनीकरणका लागि पूर्वाधार विकासमा भुसतहको पर्याप्त अध्ययन र दीर्घकालीन योजनाका साथै पूर्व सूचना प्रणालीको विकासमा जोड दिनु पर्ने प्रकोपविदहरुको निचोड देखिन्छन् ।

Comments

comments