काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो मंसिरमा स्थानीय निकायको निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई ऐन नियम तथा कानून समयमै उपलव्ध गराउने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । उता निर्वाचन आयोगले पनि निर्वाचनको मिति र कानून आफुहरुलाई समयमै उपलव्ध गराए आयोग निर्वाचन गराउन तयार रहेको स्पष्ट पारेको छ । योसँगै आगामी मंसीरमा चुनाव हुने सम्भावना समेत बढ्दै गएको छ ।

संविधानको कार्यान्वयनको लागि अव आउँदो मंसिरमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले तयारी तिब्र पारेको छ । सरकारले नीति तथा कार्याक्रम र वजेटमा समेत उक्त कुरा उल्लेख गरिसकेको छ । यसका लागि आयोगलाई निर्वाचनको लागि आवश्यक पर्ने कानूत तथा निर्देशिका समयमै दिने उसले स्पष्ट पार्दै आएको छ । यता निर्वाचन आयोग पनि निर्वाचन हुने दिनभन्दा १२० दिन पहिले आफुहरुलाई ऐन कानून उपलव्ध गराए निर्वाचन गराउन सम्भव रहेको वताएको छ ।

निर्वाचन आयोगले अहिले पनि समय समयमा मतदाता नामावली संकलनको काम गरिरहेको छ । अहिले पछिल्लो समयको समेत नामावली तयार भइसकेको उसले जनाएको छ ।

Comments