काठमाडौं । एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ ।

दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ ।

यसअघि झन्डै भत्किसकेको दुई दलको गठबन्धन वैशाख तेस्रो साता भएको सहमतिपछि जोगिएको थियो । सरकार गठनका क्रममा दुई दलबीच आठबुँदे र वैशाखमा नौबुँदे लिखित सहमति भएको थियो ।

बजेट पारित भएसँगै माओवादीको नेतृत्वमा सरकार बनाउने तीनबुँदे भद्र सहमतिसमेत भएको थियो। एमालेले यी सहमति कार्यान्वयन गर्न नचाहेको माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकको निष्कर्ष छ । वैठकले सरकारको विकल्पबारे खुला हुने निर्णय गर्दै सहमतीय सरकार गठनका लागि पहल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय पनि गरेको छ ।

एमालेसँग भएको सहमति अनुसार इमानदारीपूर्वक काम नभएपछि आफ्नो पार्टी सरकारका विषयमा थप छलफल गर्न खुला भएर आएको नेता कृष्णबहादुर महराले बताउँनुभयो ।

सरकार परिवर्तनका विषयमा अन्य दलसँग छलफल गरेर निर्णयमा पुग्न बैठकले अध्यक्ष दाहाललाई जिम्मा दिएको प्रवक्ता पम्फा भुसालले बताउँनुभयो ।

Comments

comments