काठमाडौं । इतिहास रच्दै वेल्स पहिलो पटक कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।

१९५८ मा विश्वकपको क्वाटर फाइनल खेले यता पहिलो पटक ठुलो प्रतियोगितको क्वाटरफाइनलमा प्रतिस्पर्धा गरेको वेल्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेको बेल्जियमलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलम अप्रत्यासित नतिजा निकाल्दै वेल्सले बेल्जियमलाई ३–१ ले पराजित गर्याे । प्रतियोगिताके प्रमुख दावेदार मध्ये एक मानिएको वेल्जियमलाई स्तब्ध पार्ने क्रममा वेल्सकालागि एस्ले विलियम्स, हाल रब्सन कानुन र स्याम भोक्सले क्रमशः खेलको ३१ औ, ५५ औ र ८६ औ मिनेटमा एक एक गोल गरे ।

खेलको १३ औ मिनेटमा वेल्जियमालागि राद्जा नेनगोलानले गोल गर्दै अग्रता लिए पछि खेलको सुरूवातमै पछि परेको बेल्जियमले अभुतपूर्व कमब्याक गर्दै देशको फुुटबल इतिहासकै सबै भन्दा सफल नतिजा निकालेको हो

सेमिफाइनलमो वेल्जियमले युरोपको अर्काे शक्तिशाली टोली पोर्चुगलको सामना गर्ने छ ।

Comments