काठमाडौं । राजधानीमा शुक्रबार अविरल वर्षापछि विभिन्न खोलामा आएको बाढीले दुई जनालाई बगाएको छ । ती मध्ये एक जनाको सकुशल उद्दार गरिएको छ भने एक महिला वेपत्ता छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका धर्मस्थलीस्थित खोलामा आएको बाढीले धर्मस्थली बस्ने पशु सेवा केन्द्र धर्मस्थलीका कार्यालय प्रमुख ५१ वर्षीय जयप्रकाश यादवलाई बा.६३ प ८२८ नम्बरको मोटरसाइकलसहित शुक्रबार बगाएको थियो । उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी बाहिर निकालेको छ ।

उनको अवस्था सामान्य रहेको छ तर मोटरसाइकल भने खोलाले बगाएको छ । यसैगरी काठमाडौं महानगरपालिका शोभाभगवती नजिक विष्णुमती खोलाले एक महिलालाई बगाएको छ । हाल नाम, थर, वतन खुल्न नसकेकी उनको प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ ।

Please follow and like us:

Comments