नरेन्द्र मोदिको नेपाल भ्रमणका क्रममा मोदीको चर्चासंगै उनका धर्मपुत्र नवलपरासिका जितबहादुर सारुमगरको पनि उत्तिकै चर्चा चलिरहेको छ ।  नेपाल र भारतका सञ्चार माध्यममा मात्र होईन यतिबेला विश्वभर उनको चर्चा चुलिएको छ ।

कुटनीतिमा माहिर मोदीले नेपालीहरुको मन जित्न र मिडियाको ध्यान तान्न सारुलाई उनको परिवारसंग पुर्नमिलन गराएको नाटक पनि गरे । जवकि उनी विगत दुई वर्षदेखि नै नेपालस्थित परिवारको सम्पर्कमा छन् ।

पछिल्लो समय जितबहादुर यति चर्चामा आए कि उनी अहिले सर्वाधिक चर्चामा आउने एसियाली मध्ये चौथोमा नम्बरमा रहेको केहि अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Comments