मेलबर्न । अष्ट्रेलियामा हुने आम निर्वाचन नेपाली समुदायका लागि समेत चासोको विषय बनेको छ । चुनावी प्रतिस्पर्धामा रहेका दलहरुले नेपाली समुदायलाई पनि एजेण्डाभित्र पारेका छन् ।

त्यसैक्रमा लिबरल पार्टीले जितेमा नेपालीलाई भिसाका थप सहज हुने भएको छ । निर्वाचन कार्यक्रका लागि यसपटक सत्तारूढ दल लिबरल र प्रमुख प्रतिपक्ष लेबर चुनावी प्रतिश्पर्धामा छन्।

अर्थ र आवासीयहरूका लागि बलियो मानिएको लिबरल र प्रवासी र मजदुरको रोजाइमा रहेको लेबरबीचको चुनाबी लडाइ निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ । यतिखेर जनमतको अन्तिम नतिजा कुरेर बसेका यी दुबै पार्टीमा नेपाली मुलका अष्ट्रेलियनहरूको सहभागिता र साझेदारी समेत बढेको छ ।

दुबै पार्टीले लिबरल फ्रेन्डस अफ नेपाल र नेपाली फ्रेन्ड्स अफ लेबर नामक पार्टीको इकाइ नै बनाएर सक्रियता तीव्र पारेका छन् । नेपाली मुलको प्रभुत्व बढ्दै दगएकोले राजनीतिक पार्टीहरूले नेपाली समुदायलाई पनि उच्च प्राथमिकतामा राखेका छन् । त्यसैले उनीहरुले भेटघाटलाई समेत महत्व दिएका छन् । यसै साता नेपाली फ्रेन्ड्स अफ लिबरलले सिड्नीमा रात्रिभोजको आयोजना गर्दै लिबरलको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

सत्तारूढ लिबरलका मन्त्रीदेखि यस क्षेत्रका उम्मेद्वारको समेत बाक्लो उपस्थिति रहेको रात्रिभोजमा नेताहरुले पार्टीलाई भोट दिन नेपाली समुदायलाई आब्हान गरेका थिए ।

कार्यक्रममा संघीय बहुसांस्कृतिक सहायक मन्त्री कार्गी लण्डी, वार्टन क्षेत्रका उम्मेद्वार निक भार्वा्रिस, पारमाटा क्षेत्रका उम्मेद्वार माइकल वेकविथ र ब्ल्याक्सल्यान्ड क्षेत्रका फेलसीटी फीन्ड्लीको उपस्थिति थियो ।

अन्तरक्रिया कार्यक्रममा सत्ताधारी मन्त्री कार्गीले नेपालीको समस्याका रूपमा देखिएको भिसा प्रोसेसलाई आफूले प्राथमिकताको सूचीमा राखेको र आफ्नो पार्टीले चुनाव जिते लिबरलले काठमाडौंबाटै अष्ट्रेलियाको भिसा उपलब्ध गराउने प्रयास गर्ने बताए ।

उनले नेपालीहरूको उत्साहजनक सहभागिता र सहयोगका कारण लिबरलले नेपालको पछिल्लो भूकम्पमा सरकारको माध्यमबाट सक्दो सहयोग गरेको समेत बताए ।

कार्यक्रममा लिबरल फ्रेन्ड्स अफ नेपालका अध्यक्ष श्री नापीतले कार्यक्रमको महत्व र लिबरको नीतिबारे प्रकाश पार्नुभएको थियो ।

Comments

comments