भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई स्वीकार्य हुने संविधान निर्माण गर्न नेपाली नेताहरुलाई आग्रह गर्नुभएको छ । एमाले शीर्ष नेताहरुसंग होटल हायातमा भएको भेटवार्ताका क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

भेटमा मोदीले सबैलाई स्वीकार्य हुने संविधान निर्माणका लागि आवश्यक सहयोग गर्ने समेत बताउनुभएको एमाले नेताहरुले बताएका छन । मोदीले नेपाल र भारतबीच छलफल गर्ने कुराकानी गर्ने खुला वातावरण बनेको बताउनुभयो । नेपालको हित र विकासको एजेण्डा ल्याए सहकार्य गर्न तयार रहेको भन्दै उहाँले त्यसका लागि भारतमा समेत वातावरण बनेको बताउनुभयो ।

मोदीसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीसँगै उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी र भीम रावल तथा महासचिव इश्वर पोखरेल सहभागी भएका थिए ।

Comments

comments