काठमाडौं । एसिया क्षेत्रमा बढ्दै गएको तनाव अन्त्य गर्दै शान्ति सुनिश्चित गर्न एसियाका धार्मिक नेताहरुले संयुक्त प्रयास गरेका छन् ।

जापान,चीन र दक्षिण कोरियका धार्मिक नेताहरु सहभागी त्रिदेशीय क्षेत्रीय शान्ति सम्मेलन हालै मात्र दक्षिण कोरियामा सम्पन्न भएको छ । विश्व शान्तिका क्षेत्रमा क्रियाशील एचडब्लूपिएल (HWPL) नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा भएको सम्मेलनमा तीनै देशका नेताहरुले धर्मका कारण यस क्षेत्रमा शान्तिको अवस्था खलबलिन नहुनेमा जोड दिए । उक्त सम्मेलनमा उत्तरपूर्वी एसियाली राष्ट्रहरुका १२० भन्दा बढी धार्मिक नेताहरुको सहभागीता रहेको थियो ।

सम्मेलनमा बौद्ध,हिन्दू,शिख,क्रिश्चियन लगायतका विभिन्न धार्मिक समुदायका नेताहरुको प्रतिनिधित्व रहेको थियो ।
एचडब्लुपिएलका अध्यक्ष मन ही लीले बढ्दो क्षेत्रीय तनावलाई अन्त्य गर्न विभिन्न धर्मका अध्यात्मिक नेता र गुरुहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो । साथै उनले उत्तरपूर्वी एसियामा शान्तिको पुनस्थापनाका लागि धार्मिक नेताहरुले खेल्दै आएको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।

Comments

comments