काठमाडौं । युरोकप २०१६ मा पोर्चुगललाई अन्तिम चारमा पुर्याउँन महत्वपूर्ण मानिएको गोल रेनिटो सान्चेसले गरेका थिए ।

योसँगै उनी जारी खेलमा नकआउट चरणमा अहिलेसम्म गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भएका छन् । बार्यन म्युनिख क्लबबाट खेल्ने उनी जम्मा १८ वर्ष तीन सय १६ दिनका भएका छन् । उनी युरो इतिहासमा भने गोल गर्ने तेस्रो कान्छो व्यक्ति हुन् । यस भन्दा अघि भोलोन्देनर रुनीले सबैभन्दा कान्छो उमेरमा गोल गरेर रेर्कड राखेका छन् ।

सान्चेसले ३३ औं मिनेटमा गरेको गोलले नै पोर्चुगललाई बराबरी पारेको थियो । बराबरी भएपछि पेनाल्टी सुट आउटमा पोर्चुगलले खेल जितेको हो । सान्चेस यो खेलको म्यान अफ दि म्याच पनि भए ।

Comments

comments