काठमाडौं । पोल्यान्डलाई पराजित गर्दै पोर्चुगल युरोकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।

विहीवार राति भएको युरोकप फुटवलको पहिलो क्वाटरफाइनलमा पोर्चुगलले पोल्याण्डलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमै पोल्याण्डका रोर्बट लेवानडोस्कीले गोल गरेर पोल्याण्डलाई अग्रता दिलाएका थिए । तर खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले भने पाएका धेरै अवसरलाई गोल गर्न सकेनन् । बल पोजिसनमा पोल्याण्डको ५२ प्रतिशत थियो । पोष्ट टार्गेट पाँच वटा पोल्याण्डका सर्ट पोर्चुगलका गोल रक्षकले विफल पारेका थिए ।

त्यस्तै पोर्चुगलले पनि प्रहार गरेका पाँच वटै सर्ट पनि पोल्याण्डका गोल रक्षकले विफल पारेपछि खेल अतिरिक्तसमयमा धकेलिएको थियो । थपिएको ३० औं मिनेटसम्म पनि खेल बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

पोनाल्टीमा सुटआउटमा पोर्चुगलले ५–३ गोल अन्तरले पोल्याण्डलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो । म्यान अफ द म्याच पोर्चुगलका रेनिटो सान्चेस भए ।

सेमिफाइनलमा पोर्चुगलले बेल्जियम र वेल्समध्ये एक सँग खेल्ने छ । यो सँगै पोर्चुगलको सेमिफाइनल पुगेको चौथो पटक हो ।

Please follow and like us:

Comments