काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका पुर्वसभापति गिरिजाप्रसाद कोइराला जनआन्दोलनका सफल राजनितिज्ञ भएको बताउनुभएको छ । सिङगो जीवन संघर्षको मैदानमा होमेका कोइराला राजनितिक विधि र व्यवस्थापनमा असाधरण व्यतिmत्व भएको ओलीको दावी छ ।

पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्तीको अवसरमा काठमाण्डौंमा आयोजित विचारगोष्ठीमा प्रधानमन्त्री ओलीले कोइरालालाई नेपाली कांग्रेसले सम्मान गर्नुपर्नेमा वेवास्ता गरेको आरोप लगाउनुभयो हो । उँहाले कोइराला असाधरण चेतनाको गुणले भरिएको नेता भएको दाबी गर्नुभयो ।

त्यस अवसरमा कांग्रेसका वरिष्ठ नेता पौडेलले नेता पौडेलले संविधान संसोधन गर्दै जान सकिने भएकाले प्राप्त उपलब्धिको जगेर्ना र निकासका लागि सरकार र मधेशी मोर्चा दुवैले आफनो हठ त्याग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छादारले राष्ट्रिय हितका लागी र संविधान कार्यन्वयनका लागि राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने बताउनुभयो ।

Comments