काठमाडौं । गरीब घर परिवारले अब सरकारी रासन कार्ड पाउँने भएका छन् ।

सरकारले गरीब घरपरिवारलाई रासन कार्ड उलब्ध गराउने योजना बनाएको हो । आपूर्ति मन्त्रालयले यसै विषयमा अध्ययन गर्न एक समिति बनाउने तयारी गरेको छ ।

गरीब घर परिवारलाई अहिलेसम्म सरकारी तवरबाट कुनै विशेष सुविधा दिइएको छैन । जुनसुकै वर्गका परिवारलाई समान नीति र व्यवस्था गरे अघि बढ्दा गरीब झन् गरीब हुने र धनीको धन बढ्दै जाने अवस्था देखिएको भन्दै सरकारले रासन कार्डको व्यवस्था गर्न लागेको हो ।

रासन कार्ड भएका गरीब घरपरिवारले सहुलियत दरमा खाद्यनन प्राप्त गर्न सक्नेछन् ।
रासन कार्डका लागि गर्नुपर्ने तयारी र लिनुपर्ने नीतिबारे सरकारले औपचारिक रुपमा अध्ययन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

वास्तविक गरीबसमक्ष सहुलियत मूल्यमा खाद्यान्न र उपभोग्य वस्तुको सुविधा र्पुयाउने लगायतका विषयमा अध्ययन समिति बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।

अध्ययन समितिमा आपूर्ति अधिकारी, उपभोक्ता अधिकारकर्मी लगायत सम्बन्धिक निकाय र क्षेत्रका विज्ञहरुलाई सहभागी गराइनेछ ।

Please follow and like us:

Comments