काठमाडौं । आउँदै गरेको हिन्दू महिलाहरुको पर्व तीजलाई लक्षित गरि गायिका सहिमा श्रेष्ठले ‘तीजको बेलामा नौरंगी सारी’ बालेको तीज गीत ल्याएकी छिन् । यसको भिडियो हालै मात्र युट्युवबाट सार्वजनिक भएको छ ।

विना म्युजिक प्रा.लिको उत्पादनमा बनेको म्युजिक भिडियोको छायांकन जापानमा गरिएको छ । भिडियोमा जापानमा रहेका नेपाली महिलाहरुले गायिका सहिमा श्रेष्ठसँगै अभिनय र नृत्य गरेका छन् ।

सहिमाको यो तीज गीतमा गीतकार नैनासिंह राईको शब्द रहेको छ भने संगीत टिका भण्डारीले दिएका छन् ।

Comments

comments