मेलबर्न । अष्ट्रेलियामा घर किन्दै हुनुहुन्छ ? यदि त्यसो हो भने यी कुराहरुमा विचार ख्याल राख्नुहोला । किनभने घरजग्गा खरिद सम्बन्धी यहाँको आफ्नै नीति र कानुनी प्रावधानहरु छन् । त्यसैले घर खरिद जस्तो महत्वपूर्ण कार्यमा सचेत र होशियारी अपनाउँन आवश्यक छ । अष्ट्रेलियामा होम लोनको क्षेत्रमा विज्ञता हासिल गर्नुभएका आर्थिक परामर्शदाता सुरेन्द्र सेढाईका केही टिप्सहरु यहाँ प्रस्तुत गरेका छौं ।

तपाईको क्रेडिट रिपोर्टको कपि लिनुहोस् :

फाइनान्स सम्बन्धी निवेदनका लागि तपाईको क्रेडिट कार्डको पूर्ण विवरण अत्यान्त आवश्यक मानिन्छ । त्यसैले होम लोनका लागि निवदेन तयार पार्नु अघि आफ्नो क्रेडिट स्कोरबारेमा राम्रो जानकारी दिनुहोला ।

समयमै विल भुक्तानी गर्नुहोस् :

तपाईले गर्ने पुनः भुक्तानीको विवरण तपाईको क्रेडिट रिपोर्टको आधारभूत पाटोमा पर्दछ । त्यसैले समयमै विल चुक्ता गर्ने गर्नुहोस् ।

सेभिङ गर्ने गर्नुहोस् :

ठूलो धनराशी नभए पनि जति सकिन्छ,सेभिङ गर्ने बानी बसाल्नुहोस् । जति तपाई निरन्तर रुपमा सेभिङ गर्ने व्यक्तिमा पर्नुहुन्छ,लोन दिनेको विश्वास उत्ति नै धेरै जित्न सक्नुहुन्छ ।

buyersक्रेडिट कार्डको आवश्यक लिमिट मात्र दिनुहोस् :

क्रेडिट भनेकै अपठ्यारो र आवश्यक परेको बेला लिने सेवा हो । त्यसैले क्रेडिट लिदा तपाईलाई त्यो साँच्चिकै आवश्यक हो कि होइन भन्ने तय गरेर लिमिटमा रहेर लिनुहोस् ।

क्रेडिट रिपोर्टमा असर नपारौं :

आफ्नो क्रेडिट रिपोर्टलाई सकभर क्लिन राख्ने प्रयास गर्नुहोस् । त्यसैले त्यस्तो कुनै काम नगर्नुहोस् जसले तपाईको क्रेडिट रिर्पोटलाई असर गर्दछ ।

चाहर्ने बानी त्याग्नुहोस् :

तपाईको रोजगारीका लागि धेरै कम्पनी चहार्ने बानी छ भने ऋण उपलब्ध गराउँने कम्पनीहरुले तपाईलाई रातो झण्डा देखाइदिन सक्छन् । किनभने त्यस्तो अस्थिर स्वभाव भएकाहरुले लोन दिने कम्पनीहरुबाट विश्वास पाउँन मुस्किल छ ।

अर्को कुरा लोन लिनु जोखिम मोल्नु हो । तर सही प्रयोजनको लागि भने लोन सहयोगी मात्र होइन वरदान नै सावित हुनसक्छ । त्यसैले लोन लिनु अघि सोचविचार गरेर लिनुपर्छ । यसका लागि विज्ञहरुको राय सुझाव लिन अवश्य नभुल्नुहोला ।

–हिमालयन कङ्गारु डेस्क

Comments