अब तपाईले लगाउने जुत्ता पनि आज्ञाकारी बन्दैछ  । त्यति मात्र होइन यसले तपाईको विशेष ख्याल समेत राख्छ  ।  यो अनौठो जुत्ताले तपाईलाई जहाँ जान मन लाग्छ त्यही लगेर छोड्छ । हो, यो कमालको टेकनिक हो, जसमा आधारित यो जुत्ता लगाउने व्यक्तिलाई त्यहि ठाउँमा पुर्याउछ जहाँ लैजानको लागि भनेको हुन्छ ।

यस जुत्तालाई ‘लेक्हाल’ नामको भारतीय कम्पनीले तयार पारेको हो, जुन अन्धा मानिसहरुका लागि त यो वरदानको रुपमा साबित हुन सक्छ । यि जुत्तालाई सबै किसिमको व्यक्तिले लगाउँने मिल्छ, जस्को कारण बाटो बिराएर भौतारिए र आफ्नो उद्देश्यबाट गलत कदम उठाए, यसले कदमलाई त्यही रोकिदिन्छ ।

यसरी काम गर्छ–खासगरी कम्पनीले यस जुत्तालाई बनाउन विशेष टेकनिकमा आधारित स्नेकर्स र सोलको प्रयोग गरिएको छ । यसमा ब्लुतुथको माध्यमबाट स्मार्टफोनसँग कनेक्ट हुन जान्छ । यसपछि तपाईलाई जुन ठाउँमा जानु छ त्यसको नक्सा गुगल म्यापको माध्यामबाट यसमा सेट गर्नुपर्ने हुन्छ । त्यसपछि यो जुत्ता अक्टीभ हुन्छ र यसलाई लगाएर हिड्ना हिडेपछि तपाई त्यहि ठाउँमा लगेर छोड्छ जहाँको नक्सा त्यसमा सेट गर्नुभएको हुन्छ ।

बाटो बिराउने बित्तिकै पाइला रोक्छ–यो स्मार्टफोन जुत्ताको विशिष्टता भनेको जसरी तपाईले सेट गर्नुभएको नक्सा भन्दा अर्को–अर्को बाटो हिड्नु भए यसले भाइब्रेट गरेर तपाईलाई चेतावनी दिन्छ । यसको अर्थ यो हुन्छ, कि तपाई गलत दिशामा जादैहुनुहुन्छ र फेरी सही बाटो मै हिड्दैहुनुहुन्छ भने भाइब्रेसन बन्द हुन्छ ।

अरु पनि छन् खुबीहरु–यो स्मार्ट जुत्ताले तपाईलाई सही बाटो मात्र लादैन, यसले तपाईको स्वास्थ्य परिक्षकको रुपमा पनि काम गर्नेछ । यसमा पेडोमिटर र क्यालोरी ट्रेकर जस्ता मेसिन लगाइएको छ, जुन हेल्थ चेकरको काम गर्छ ।

सेप्टेम्बरबाट उपलब्ध हुने–कम्पनीको अनुसार यो अनौठो जुत्ता यस बर्षको सेप्टेम्बरमा उपलब्ध गराउँन गइरहेको छ । यसको मूल्य लगभग १०० डलर हुनेछ, तर अन्धो मानिसहरुका लागि सब्सिडी पनि दिन गइरहेको छ ।

Please follow and like us:

Comments