मेलबर्न । झण्डै एक दशक अमेरिका बसेर नेपाल फर्किएकी अभिनेत्री करिश्मा मानन्धर फेरि अष्ट्रेलिया आउँने भएकी छिन् । उनी यही जुलाईमा सिड्नी आउँने तय भएको हो ।

तर अभिनेत्री करिश्मा यहाँ लामो समय बस्नका लागि नभई एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन आउँन लागेकी हुन् । नेप मार्ट र लक्ष्मी होम लोनको संयुक्त आयोजनामा यही १७ जुलाई आइतबार सिड्नीमा हुने तीज कार्यक्रममा करिश्माको समेत प्रस्तुति रहनेछ । उक्त कार्यक्रम स्थानीय हर्सभिलको मराना अडिटोरियममा हुनेछ ।

नेपाली टचले ब्यवस्थापन गर्ने यो कार्यक्रममा उदाउँदी सुन्दरी गायिका मेलिना राईको पनि प्रस्तुति रहने छ । कार्यक्रमका लागि मेलिना पनि सिड्नी आउँदैछिन् ।

melinaकार्यक्रममा तीजको गीतमा नृत्य, फेसन शो, डिजेको प्रस्तुति र फोटोग्राफी प्रस्तुति समेत रहनेछ । पारिवारिक माहोलमा सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यक्रमको टिकट शुल्क २५ डलर रहेको छ ।

आयोजकका अनुसार कार्यक्रममा अभिनेत्री करिष्माले फेशन शोमा भाग लिनुका साथै तीज गीतमा नृत्य समेत प्रस्तुत गर्नेछिन् ।

Comments