पेरिस । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् ।

हरेक दिन एउटा खेलमात्रै हुनेछ । आज राती हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् । यसैगरी, भोलि राति वेल्सले बेल्जियमसँग खेल्नेछ । शनिबार राति जर्मनी र इटाली भिड्नेछन् ।

आइतबार राति आयोजक फ्रान्स र आइसल्यान्ड खेल्नेछन् । सबै खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछन् ।

Comments

comments