काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पराजित भएपछि सन्यासको घोषणा गरेका लियोनल मेसीलाई सन्यास फिर्ता लिन दबाब परेको छ ।

सोमबार २९ वर्षीय खेलाडी मेसीले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । मेसीले सन्यासको घोषणा गरेपछि अर्जेन्टिनी राष्ट्रपतिदेखि लिजेन्ड डिएगो म्यारोडोनासम्म व्यक्तिहरुले सन्यासको निर्णयबाट पछि हट्न आग्रह गर्दै आएका छन् ।

यसैबीच बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णयबाट लियोनल मेसी पछि हट्ने विश्वास व्यक्त गरेका छन् ।

मेसीका बार्सिलोनाका टिममेट स्वारेजले रेडियो टेनफिल्डसँग कुराकानी गर्दै मेसीले आफ्नो निर्णय पुनर्विचार गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

‘मेसीलाई बुझ्ने हो भने यो दुःख र असहायपनको एक क्षणमा उनले भनेको पक्कै हो। यो निर्णय उसले लिए यो फुटबलका लागि लाजमर्दो हुनेछ, तर म ढुक्क छु उनले फेरि सोच्नेछन् र आफ्नो निर्णय परिवर्तन गर्नेछन्,’ स्वारेजले भने ।
यो धेरै अप्ठ्यारो समय भएको बताउँदै स्वारेजले निर्णय लिने अधिकार सवैलाई भएको पनि बताए ।

Comments

comments