काठमाडौं । अफगानिस्तानको काबुलमा आतंकबादी बम हमलामा मारिएका १२ नेपालीका परिवारबाट सेक्यूरिटी गार्ड कम्पनीले ३० लाख रुपैयाँ ठगी गरेको छ ।

जिफोर सेक्यूरिटी कम्पनीले मृतकका परिवारलाई ३० लाख रुपैयाँ विमा बापतको क्षतिपूर्ति दिने भएको छ । अन्तराष्टिय कानुन अनुसार सेक्यूरिटी गार्डलाई विमा बापत ६० लाख रकम दिनु पर्ने ब्यवस्था छ । तर सेक्यूरिटी गार्ड कम्पनीले आधा रकम ३० लाख मात्र दिने निर्णय गरेपछि मृतकका परिवार ठगीमा पर्ने देखिएको हो । सरकारले तत्काल विमा बापतको रकम उपलब्ध गराउन आग्रह गरेपछि ३० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

गत साता क्यानडा दुतावासमा कार्यरत १२ नेपालीको आत्मघाती बम विस्फोटमा मारिएका थिए । उनीहरुको परिवारलाई विमासहित १० लाख क्षतिपुर्ति दिने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

Comments

comments